बाँच्ने मन छैन

मुटुमाथि चोटहरु सहेर
हाँस्ने मन छैन मलाई
असक्त पाइलाहरु टेकेर हिंड्ने
रहर पनि छैन मलाई
साँच्चै नढाँटी भनूँ भने
बाँच्ने मनै छैन मलाई

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

मेरी आमा

मेलापात गर्दा उकाली ओराली धाउँथिन् मेरी आमा
दु:ख सुखमा बिरहको गीत गाउँथिन् मेरी आमा
सन्तान थरी थरी उनका तर सधैं प्रीत लाउँथिन् मेरी आमा
परोपकार, दान धर्म खुब गर्थिन् मेरी आमा
अरुको दु:खको खातिर आफू मर्थिन् मेरी आमा

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

ती मुनाहरुको यादमा

ती छोराछोरीलाई देख्छु सपनीमा
कतै बिपत्ती छायो कि?
बाडुली लाग्छ सधैं भरी ती मुनाहरुको
अनायासै सम्झना आयो कि?
एक्लै जिउँनु पर्दा ती कलिला माथहरुको
कतै शीर झुक्यो कि?
खान, लाउन, दु:ख, कस्ट भोग्दा
कतै सहारा पो टुट्यो कि?
यस्तै रहेछ हाम्रो कर्म दैबले
कतै नजर पो लायो कि?
नराम्रो देख्छु सपनीमा पनि
ती लालाबालामा आपत्ति पो आयो कि?

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

सप्तरंगी सपना

मेरो आँखाको आकाशमा
यसबेला मध्यानन्ह छ
त्यहाँ ज्योतिपुन्ज एउटा सुर्य ज्वाजल्य छ
म चीसो हिउँ हुँदा मेरो सुर्य मलाई पगाली दिन्छ
अनि पानी पानी भएर बगी दिन्छ-
गति पाउँछु
उसैको शास्वत प्रकाशले ममा प्राण भर्छ
अनि फूलैफूल भएर फक्री दिन्छ
जब फाट्दै जान्छ बादल आकाशमा चाँदिको शुभ्र घेरा पार्दै
उ स्वप्न द्रस्टा, उसैको सप्तरंगी सपना मेरा आँखाहरुमा देख्छु
ए शास्वत सत्य !
आलोकित भई रहुँ म अनन्त अनन्तसम्म
र साकार भई रहून् मेरा सपनाहरु

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

स्कूल जाने दिन

चट्ट परी ड्रेस लगाइ बोकिकन झोला
सबै बालक स्कूल जाने दिन कस्तो होला

हिमाल, पहाड, तराइमा स्कूलको लहर
सबै बालक पढ्न पाउन् आमाको हुन्छ रहर

सबै जना पढ्ने दिन कस्तो होला देश
सबै ज्ञानी सबै शिक्षित अनि पो त बेश

रमाउँछन् बाबा-आमा पनि धेर
पढ्ने कुरा सधैं राम्रो जाँदैन है खेर

पढौं हामी सबै जना नलगाउँ बेर
जति पढ्यो त्यती राम्रो हुन्छ है हेर

शिक्षित बनून् सबै जना देशप्रेमीको रहर
खुशी छाउँछ जताततै देश बिकासको लहर

सबै जना पढ्ने लेख्ने कस्तो होला देश
सबै जना जान्ने सुन्ने अनि पो त बेश

सपना हो देशको साकार पार्नु पर्छ
सबै जना स्कूल जाने दिन आउनु पर्छ

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

बिहानी

गुँड गुँड्का चरा बिच्काउँदै
आँखा आँखाका नींद उडाउँदै
भर्खर बैंस चढेकी ठिटी जस्तै शर्माउँदै
भित्ताका आँखी झ्यालबाट चियाउँन
आइ पुग्छ सधैं एउटा उज्यालो बिहानी

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

मेरो प्यारो लमजुङ जिल्ला

डाँडा काँडा हिमालचुली
बग्छन् नदी खोला
माछापुच्छ्रे काखमा छ
मेरो प्यारो लमजुङ जिल्ला

रमाइलो छ कालिका मन्दिर
गाउँशहरको दरबार
थाहा भए त्यही ठाउँमा
आउथे पर्यटक हजार

पश्चिममा हेर्न लायक छ
कर्पुटारको जात्रा
प्रकृतिले त्यसै मनोरम छ
घले गाउँको यात्रा

गोर्खा-मनाङ छिमेकी
उत्तर जिल्ला पर्ने
हरियाली डाँडाकाँडा
झर्ना पनि झर्ने

दक्षिण-पश्चिम तनहुँ-कास्की
हेर्न लायक ठाउँ
आउनू साथी हेर्नलाई
त्यही ठाउँमा जाउँ

हरियाली बन पाखा
फुल्छन् लालीगुराँस
त्यो ठाउँलाई छोड्नु पर्दा
यो मन हुन्छ उराठ

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

भाग्य मेरो यस्तै रै’छ

किन गरिस् दैब मेरो मन भित्र तैले घात
एउटै मुटु टुक्राएर किन छुटाइस् हाम्रो साथ
मुटु फुट्यो बियोगले मत भएँ पागल सरी
सम्झनामा टोलाउँदा काँडा बिज्छ छाती भरी
कति रोएँ साथ पाउन मेरो खुशी सकिएछ
पीर ब्यथा गह्रौं भई मन आँफै भत्किएछ
भाग्य मेरो यस्तै रै’छ भाबीलाई नै दोश दिएँ
जताततै फाटेको मन रुँदै रुँदै आँफै बुझाएँ
बियोगिनी भएँ म त रमाइलोमा तिमी बाँच
दु:ख कस्ट मैले सहें खुशी भई तिमी हाँस

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

तिमी मुस्काएर

रिसाएर हेर्दा पनि मुस्काएर झुकी दियौ
थप्दै जाँदा बचन बाँडहरु नयन मै लुकाइ दियौ

एकाएक चुप लागें मनमा केही चलमलायौ
रिस तेसै सेलाएर शीत बनी सलबलायौ

हुरी थिएँ मन्द मन्द बतास भएँ
काँडै काँडा हुँ कि भन्थें फूलैफूल बिच पाएँ

अँधेरीलाई मेटाउँदै जून बनी खुली दियौ
रिसाएर हेर्दा पनि मुस्काएर झुकी दियौ

कृति: समुद्र पारीको माया (Love from across the Ocean)
(कविता, गीत र गजल संग्रह)

कृतिकार: शान्ता घिमिरे (अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे) Santu Maya Adhikari-Ghimire

© सर्बाधिकार: लेखिकामा

Posted in Uncategorized | Leave a comment

उनको साथ पाइन

माया गर्ने मायालुको हात पाइन
दु:ख सुखसंगै काट्ने रात पाइन
यात्रा लामो थियो तर के गर्नु
संगै हिंड्ने उनको साथ पाइन