Author Archives: Santa Ghimire
कृति: समुद्र पारीको माया
कृति: समुद्र पारीको माया Love from across the Ocean (कविता, गीत र गजल संग्रह) कृतिकार: शान्ता घिमिरे अफिशियल नाम: शान्तु माया अधिकारी घिमिरे Santu Maya Adhikari-Ghimire © सर्बाधिकार: लेखिकामा संस्करण: प्रथम, डिसेम्बर, २०१० मूल्य: ५ अमेरिकि डलर (USD $5.00) ISBN: … Continue reading
आफ्नैलागि लेख्दा
मैले गीत लेख्न र गाउन थालेको स्कूले जीवनदेखि नै हो तर त्यो बेलाका गीत, गजल र मुक्तक लेखेर बाचन त गरियो तर राख्ने काम गरिएन। अहिले सम्झिदा थक्क लागेर आउँछ। युबाबस्थामामा बिहे गरियो, दुई छोरा छोरी जन्मिए। रचना श्रीजना गर्ने … Continue reading
शान्ताको ‘समुद्र पारीको माया’ सम्पादन गर्दा
शान्ता घिमिरे बैनीलाई चिनेको एक बर्ष पुग्न आँट्यो। अझ उनको कविता र गायन कला प्रतिभाबारे थाहा पाएको पुग नपुग ६ महिना मात्र भो। यस बिच, उनले न्यू योर्कका कार्यक्रममा आफ्ना मीठा गजल पाठ मात्र गरिनन् बल्की उनका गुनिला कविता, गीत … Continue reading
शुभ-कामनाका फूलपाती
नेपाली भाषा मौलाउनुपर्छ नेपाली साहित्यले व्यापकता पाउनुपर्छ भन्नेमा सहर्ष स्वीकृति थप्ने मान्छे म पनि हुं, त्यसैले कुनैपनि नयां साहित्यिक सिर्जना हुंदा खुशी लाग्छ मलाई । यस्तै खुशी व्यक्त गर्ने मौका पाएको छु अहिले एउटा नयाँ कृतिकालागि शुभकामना मन्तव्य लेखिदिन सर्जकबाट … Continue reading
आधार शिविरमा हार्दिक स्वागत
नेपाली वाड्०मयको भण्डारमा एक कृति र कृतिकारको आगमन भएको छ त्यो हो- “समुद्र पारीको माया” र शान्तु माया अधिकारी घिमिरे । यस कृतिको पाण्डुलिपि र कृतिकारसँगको क्षणिक संवादवाट प्राप्त जानकारीअनुसार यस संकलनमा रहेका सिर्जना विगत एक वर्षभित्रका सिर्जना हुन् । … Continue reading
नेपाली डायस्पोरामा शान्ता घिमिरेलाई स्वागत
४३ ओटा कविता, गीत र गजलहरुको संगालो “समुद्र पारीको माया” को पाण्डुलिपी आजै प्राप्त भयो, सरसर्ती पढेँ । शान्ता बहिनीसंग मेरो परिचय भएको धेरै भएको त छैन तर उनि साहित्यमा रुची राख्ने व्यक्ति हुन् भन्ने कुरा मलाई थाहा थियो । … Continue reading
शान्ता – अब एक थप नयाँ नाम नेपाली बाङ्मयको
शान्ता आफु पोखिएको साथी उनको डायरीलाई हामीसंग परिचित गराउँदैछिन्। अब उनको साथी उनको मात्र रहेन । म परिचयको क्रममा छु । तिन पटक पढें अनि गुनगुनाऊन खोजें । जहाँ भए पनि जहाँ रहे पनि मन त नेपाली । म बिस्वास … Continue reading
मेरो परिचय
दुराडाँडा किरिन्चे हो माइती मेरो, बाहुनडाँडा घर शान्ता भनी चिन्छन् मलाई, अधिकारी घिमिरे हो थर माइतितिर, पुरान्कोट गाबिस वडा नम्बर तीन सानो उमेरमा नै लिनु भन्ने थियो मलाई ज्ञान घरतिर, बाहुनडाँडा गाबिस हो वडा नम्बर पाँच राम्रा राम्रा ज्ञान लिएर … Continue reading
जीवनको परीक्षामा
भन्न सकिन्न कति कुरा ईशाराले नै बुझ्नु पर्छ हेर्न सकिन्न कति कुरा आँखा चिम्लेर देख्नु पर्छ टिप्न सकिन्न सबै फूल हेरी चित्त बुझाउनु पर्छ टेक्न सकिन्न सबै कूल भाग्य सम्झी जिउनु पर्छ बुझेर पनि कति कुरा बुझिन जानिन भन्नु पर्छ … Continue reading
मेरै भेषमा, मेरै देशमा
कति बसूँ परदेशमा फर्की जान्छु आफ्नै देशमा मरे मर्छु आफ्नै देशमा बाँचे रम्छु आफ्नै भेषमा गर्छु पौरख छर्छु अन्न आफ्नै पाखा पखेरामा चाहिदैन डलर मलाई खान्छु बरु जे छ तेसमा शिक्षा, शान्तीको ज्योति छर्दै अघी बढ्छु आफ्नै भेषमा हट्ने छैन … Continue reading